News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकराज गिरीले ‘छ माया छपक्कै–२’ अपेक्षित कमाइ गर्न नसकेपछि फेसबुकमा असफलतालाई सहर्ष स्वीकार गर्छु भनेका छन्।
- उनले पछिल्लो समय अध्यात्मसँग जोडिएपछि सफलता वा असफलताले आफूलाई नछुने र आनन्दपूर्वक काम गर्न पाए पुग्ने बताएका छन्।
- दीपकराजले दर्शकको माया, शब्द, आशीर्वाद र सान्त्वनाप्रति नमन गर्दै सबै आदरणीय मित्रहरूलाई सप्रेम धन्यवाद दिएका छन्।
केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका थिए कि फिल्मले अपेक्षित कमाइ गर्न सकेन ।
यसअघि उनले यस्तो असफलता कहिल्यै भोगेका थिएनन् । १२ वर्षे फिल्म निर्माणको यात्रामा उनले एकपछि अर्को सफलता चाख्दै आए । पहिलो फिल्म ‘छ एकान छ’ सुपरहिट भएपछि उनी कमेडी जनराका ‘राजा’ नै बने ।
त्यसपछि ‘छक्का पञ्जा’ हुँदै ‘छ माया छपक्कै’सम्म उनको अविश्राम यात्रा जारी रह्यो । ‘छक्का पञ्जा’ कतिधेरै रुचाइयो भने यसको पाँचौँ शृंखलासम्म निर्माण भयो ।
यसपटक उनी दसैँमा ‘छ माया छपक्कै–२’ लिएर दर्शकमाझ आए । तर, फिल्मले सोचेअनुसारको कारोबार गर्न सकेन । जब नसोचेको नतिजा आयो, तब दीपकराजले एक हात लामो स्टाटस लेख्दै भने, ‘म यो असफलतालाई सहर्ष स्वीकार गर्छु ।’
उनको स्टाटसमा नानाथरी कमेन्ट आए । त्यसमध्ये एउटा चर्चित कमेन्ट कुमार बेनको थियो । कुमार बेन को ? चिनाइरहनु परेन । उनले दसैँताका प्रदर्शनमा आएका सबै फिल्म नबिराई हेरेका थिए । ‘छक्का पञ्जा’ पनि हेरेकै थिए ।
कुमार बेनले दीपकराजको स्टाटसमा कमेन्ट गर्दै सान्त्वनाका शब्द लेखेका थिए । यद्यपि दीपकराजले आफ्नै स्टाटसमा अर्को टिप्पणी लेखे ।
‘तपाईंहरूले दिएको यति धेरै माया, तपाईंहरूका शब्द, आशीर्वाद तथा सान्त्वनाका लागि नमन छ ।
वास्तवमा पछिल्लो समय जब म अध्यात्मसँग जोडिएँ, त्यसपछि जीवनमा प्राप्त हुने सफलता वा असफलता कुनै कुराले छुँदैन । आनन्दपूर्वक काम गर्न पाए पुग्छ ।
त्यसै पनि नतिजा कहाँ हाम्रो हातमा हुन्छ र ?
तथापि तपाईंहरूको प्रेम चाहिँ अमूल्य छ ।
सबै आदरणीय मित्रहरूलाई सप्रेम धन्यवाद ।’
उनको यो टिप्पणीबाट उनी आध्यात्मिक जीवनतर्फ अग्रसर भइरहेको बुझ्न सकिन्छ । सुखमा नमात्तिने र दुःखमा नआत्तिने अवस्थामा पुगेका छन् । यो त अरूले पनि सिक्नुपर्ने कुरा पो हो !
प्रतिक्रिया 4