News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश सचिव विक्रम मिश्रीले काठमाडौंमा रास्वपा सभापति रवि लामिछानेसँग बूढानीलकण्ठमा शिष्टाचार भेटवार्ता गरे ।
- भेटमा लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको चर्चा गर्दै दुवै मुलुकका उच्चस्तरीय भ्रमण सफलताका लागि शुभकामना आदानप्रदान गरे ।
- रवि लामिछाने र मिश्रीबीच नेपाल–भारतको बहुआयामिक सम्बन्ध र गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भयो ।
१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न भारतीय विदेश सचिव मिश्री बूढानीलकण्ठ पुगेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार, उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको थियो ।
साथै, आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना समेत आदानप्रदान भएको थियो । सभापति लामिछानेले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे ।
भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको प्रवक्ता खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको जनाएको छ ।
प्रतिक्रिया 4