+
+
Shares

यमन सरकारले भन्यो– एक महिने सैन्य कारबाहीमा २० हजार हुथी विद्रोहीको मृत्यु

यमनको आधिकारिकताप्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध एक महिनाको अवधिमा ४० हजारभन्दा बढी सैन्य कारबाही गरिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते २०:१०

यमनको आधिकारिकताप्राप्त सरकार(राष्ट्रपतीय नेतृत्व परिषद्) ले हुथी विद्रोहीविरुद्ध एक महिनाको अवधिमा ४० हजारभन्दा बढी सैन्य कारबाही गरिएको जनाएको छ ।

परिषद्का अनुसार अक्टोबर ५ मा ‘डन अफ यमन’ सैन्य अभियान सुरु भएयता सरकारी सेनाले हुथी विद्रोहीका विभिन्न मोर्चा र अखडालाई लक्षित गरी ४० हजार ७६१ वटा सैन्य कारबाही गरेको छ ।

परिषद्ले अभियानको पहिलो महिनामा करिब २० हजार हुथी लडाकु तथा कमान्डर मारिएको, घाइते भएको वा अन्य रूपमा युद्धमा सहभागी हुन नसक्ने अवस्थामा पुगेको दाबी गरेको छ ।

यद्यपि, यस विषयमा हुथी विद्रोहीका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?