+
+
Shares

कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार दिउँसो काठमाडौंको एक होटलमा नेपाली कांग्रेस सभापति गगन कुमार थापासँग भेटवार्ता गरेका छन्।
  • मिश्रीले आजै प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए।
  • भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन, र उनी राजनीतिक भेटवार्ता सकेर फर्किएका छन्।

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार, मिश्रीले बिहीबार दिउँसो कांग्रेस सभापति थापासँग काठमाडौंको एक होटलमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा भएका विषयहरू भने खुलाइएका छैनन् ।

मिश्रीले आजै प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए । हिजो नेपाल भ्रमणमा आएका मिश्री यहाँका राजनीतिक भेटवार्ता सकेर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?