News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ र सुरुमा उजुरीकर्तासँग छलफल भइरहेको छ।
- न्यायपरिषद्ले २० असोजमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चका न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
- उजुरीकर्ताले जनक पाण्डेकी श्रीमती माया पुरी पाण्डे झापाको दकमस्थित सार्वजनिक जग्गा हिनामिनामा संलग्न भएको भन्दै पाण्डेलाई अनुमोदन गर्न नहुने तर्क गरेका छन्।
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ ।
सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ ।
त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
गत २० असोजमा न्यायपरिषद् बैठकले न्यायाधीशहरू बागचन्द र सारुसहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
अहिले पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग समितिले छलफल गरिरहेको छ ।
उजुरीकर्ताहरूले झापाको दकमस्थित सार्वजनिक जग्गा हिनामिनामा पाण्डेकी श्रीमती माया पुरी पाण्डे पनि संलग्न भएको भन्दै पाण्डेलाई अनुमोदन गर्न नहुने तर्क गरेका छन् ।
न्यायाधीश पाण्डेकी श्रीमती माया मात्रै होइन, उनकी सासु देवरुपा पुरी, सालो रेवत राज(गगन) पुरी, गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचारमुद्दा पनि सर्वोच्चमा विचाराधीन छ ।
प्रतिक्रिया 4