२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ ।
टीयू मैदानमा कर्णालीले टस जितेर। पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।
कर्णालीको टिममा दुई परिवर्तन गरिएको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा खेल्दैछन् ।
सुदूरपश्चिमले एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायके पहिलो रोजाइमा खेल्दैछन् ।
प्रतिक्रिया 4