+
+
Shares

राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने

राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्र बैंकले स्टक सकिएको भन्दै आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको छ।
  • तिहार लक्षित बिक्रीका क्रममा बिहीबार पहिलो दिन ४ हजार ५ सय असर्फी बिक्री भएको थियो।
  • राष्ट्र बैंकले चाँदीका मेडालियन भने शुक्रबार ३ हजार ७ सय रुपैयाँमा बिक्री गर्ने जनाएको छ।

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो ।

राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।

केन्द्रीय बैंकले हरेक वर्ष धनतेरसमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।

गत वर्ष सुन नभएका कारण चाँदीका मेडालियन मात्र बिक्री गरेको थियो । तर, यस वर्ष केन्द्रीय बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरेर सुनका असर्फी पनि बिक्री थालेको थियो ।

प्रक्रियागत जटिलता र झन्झटका कारण बिक्री गर्न योग्य उत्पादन निकै न्यून हुने भएकाले बिहीबार नै सकिएका कारण शुक्रबार सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए ।

बिहीबार केन्द्रीय बैंकले एक व्यत्तिलाई एक असर्फी र २ मेडालियनसम्म बिक्री गरेको थियो । सुनको असर्फी २.५ ग्राम र चाँदीका मेडालियन १० ग्राम तौलका छन् ।

सुनको असर्फीको मूल्य ६५ हजार ४ सय र चाँदीका मेडालियनको ३ हजार ८ सय रुफैयाँमा बिक्री गरेको थियो । शुत्रबार भने चाँदीका मेडालियन माक्र बित्री गर्ने भएकाले केन्द्रीय बैंकले एक मेडालियनको मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?