+
+
Shares

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।
  • छनोट उपसमितिले मूल्यांकनमा सबैभन्दा बढी अंक पाएका उम्मेदवारहरूको नाम शुक्रबार वर्णानुक्रमअनुसार सार्वजनिक गरेको हो ।
  • सर्टलिस्टमा परेकालाई मंसिर १० गते बिहान ८:१५ बजे शैक्षिक योग्यता र अनुभवका सक्कल कागजातसहित बोर्ड सचिवालयमा उपस्थित हुन भनिएको छ ।

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो ।

बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २०) सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा पर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमअनुसार राखिएको छ ।

सर्टलिस्टमा पर्नेहरूमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम के.सी. (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) छन् ।

त्यसैगरी रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन् ।

छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ । उनीहरूले उक्त अवसरमा प्रस्तुतीकरणसमेत दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?