+

एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

२०८३ कात्तिक  २० गते १५:४९ २०८३ कात्तिक २० गते १५:४९

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको समूह ए खेलमा नेपालले भारतसँग १० विकेटले पराजय भोगेको छ ।
  • नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो, जसमा दर्श सोनारले सर्वाधिक ४३ रन जोडे ।
  • भारतले १२९ रनको लक्ष्य १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो, जसमा आर्यविर सेहवागले अविजित ७२ रन बनाए ।

२० कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ ।

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । भारतका लागि आर्यविर सेहवागले ५२ बलमा ७ चौका प्रहार गर्दै अविजित ७२ रन बनाए ।

यस्तै कप्तान तथा ओपनर लक्ष्य राईचन्दनीले ६३ बल खेल्दै ७ चौका मदतमा ५२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनमा अलआउट भएको थियो ।

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर आशिष लुहारले २९ तथा ओपनर निरज कुमार यादवले २० रन जोडे ।  बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका इशान सुद र अर्जुन राजपुतले ३-३ विकेट लिए । भुत्कुरी यसभिर गौडले २ विकेट लिए ।

नेपालले आफ्नो दोस्रो खेल आइतबार युएईसँग खेल्नेछ ।

 

 

एसीसी यू-१९ एसिया कप नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय