+
+
Shares

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १२:२५

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत सूचना सार्वजनिक गर्दै इरानले आणविक हतियार विकास गर्ने कुनै पनि प्रयासको विरोधमा अमेरिकी सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

कार्यक्रमको आधिकारिक वेबसाइटका अनुसार इरानका आणविक केन्द्र, उपकरण, वैज्ञानिक तथा उक्त कार्यक्रमसँग सम्बन्धित अन्य व्यक्तिबारे सूचना दिनेले २ करोड डलरसम्म पुरस्कार पाउन सक्नेछन् ।

आणविक उपकरणको आपूर्ति तथा एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने कार्यमा संलग्न व्यक्तिबारे सूचना दिने व्यक्ति पनि पुरस्कारका लागि योग्य हुने बीबीसीमा उल्लेख छ ।

सूचना उपलब्ध गराउने व्यक्तिलाई आवश्यकताअनुसार अर्को स्थानमा पुनर्वासको व्यवस्था गर्न सकिने विकल्पसमेत अमेरिकाले अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?