News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ, जसमा बसन्त थापाले स्वर र संगीत दिएका छन्।
काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रकी लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवंम् संगीतकार बसन्त थापाले साथ दिएका छन् ।
नवराज पन्तको शब्द रहेको गीतमा गायक बसन्त थापाले नै संगीत भरेका हुन् ।
‘डाडै फुर्के सल्लो’ , ‘सालको पातको टपरी’ जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका गायिका माझी, गायक थापा र गीतकार पन्तको केही समयको अन्तरालपछिको सहकार्यमा आएको यो गीत डान्सिङ शैलीमा रहेको छ ।
गीतको भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य हेर्न सकिन्छ । भिडियोमा लाहुरे गाउँ फर्किएको परिवेश, मेलापात, घाँस–दाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे तथा नेपाली मौलिक जनजीवनलाई समेटिएको छ ।
भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतका निर्माता अर्जुन बोहरा हुन् ।
प्रतिक्रिया 4