+
+
Shares

काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण

१७ महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए ।

रासस रासस
२०८३ कात्तिक २२ गते २०:३९

२२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । एक करोड ७९ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताए ।

पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उनले बताए ।

१७ महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए ।

पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपतकालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?