+
+
Shares

घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते ७:००

२३ कात्तिक, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार आज बिहान ५ बजेको समयमा सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । सडकमा खसेको पहिरो हटाउनका लागि पहल भइरहेको छ ।

यसअघि आइतबार पनि यही ठाउँमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?