२३ कात्तिक, काठमाडौं । तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको थियो ।
सोही क्रममा आइतबार काठमाडौंका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया 4