+
+
Shares

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच नेपाल प्रिमियर लिगको खेल हुँदैछ।
  • सुदूरपश्चिम रोयल्सले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेकाले आजको जितले प्लेअफ यात्रा सहज बनाउनेछ।
  • जनकपुर बोल्ट्सले ५ खेलमा ४ अंक मात्र जोडेको छ र आजको खेल जित्नुपर्ने दबाबमा रहेको छ।

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ ।

आजको जितले सुदूरपश्चिमका लागि प्लेअफमा पुग्न सहज बनाउनेछ ।

उता, जनकपुर बोल्ट्सले पनि ५ वटै खेल जितेको छ । जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा रहेको छ । आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?