Photo Credit : मुग्लिन बजार फेसबुक पेज
News Summary
Generated by OK AI. Editorially reviewed.- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याइएको छ ।
- धादिङका एसपी सुमित खड्काका अनुसार राति ११ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो र यात्रुहरू अलपत्र परेका थिए ।
- उही सडकखण्डमा हिजो खसेको पहिरो पनि दिउँसो ९ घण्टापछि मात्रै हटाइएको थियो ।
२४ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अवरुद्ध भएको सो सडकखण्ड अहिले पुनः सञ्चालनमा आएको उनले बताए ।
राति नै पहिरो गएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका थिए ।
यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो । उक्त पहिरो दिउँसो ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4