+
+
Shares

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठका अवसरमा परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र विश्वास सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
  • उनले विविधताबीचको राष्ट्रिय एकतालाई यस्ता चाडपर्वले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्‍याउने बताएका छन्।
  • लामिछानेले ‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्’ भन्ने कामना गरेका छन्।

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिँदैसभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।

उनले ‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्’ भन्ने कामना पनि गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?