+
+
Shares

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद रुकेश रञ्जितले नेपाली नोटमा नेपाल संवत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन्।
  • उनले नेपाल संवत नेपालीको मौलिक पहिचान भएकाले यसको प्रवद्र्धन नेपालसहित अन्तर्राष्ट्रिय स्तरमा हुनुपर्ने बताएका छन्।
  • उनले नेपाल संवत र संस्कृतिको संरक्षणमा योगदान दिने व्यक्तित्वलाई १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने सरकारी प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरेका छन्।

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् ।

मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालीको मौलिक पहिचान र गौरव भएकाले यसको प्रवद्र्धन नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत हुनुपर्ने बताए ।

सांसद रञ्जितले नेपाल सरकारले नेपाल संवत्को प्रवद्र्धनका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै नेपाली नोटमा नेपाल संवत अङ्कित गर्ने प्रतिबद्धता सकारात्मक भएको उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल संवत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने सरकारी प्रतिवद्धता पनि प्रशंसनीय रहेको उनको भनाइ छ ।

‘आज हामी नयाँ वर्ष मात्र मनाइरहेका छैनौँ, हाम्रो मौलिक पहिचान र राष्ट्रिय गौरवको प्रतीक नेपाल सम्वत मनाइरहेका छौँ । नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःप्रति माल्यार्पण गर्दै उहाँको परोपकारी योगदानलाई स्मरण गर्नु हामी सबैका लागि गौरवको विषय हो । नेपाल सम्वत अब नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रियस्तरमा समेत यसको पहिचान र प्रवद्र्धन हुन आवश्यक छ,’ उनले भने ।

सांसद रञ्जितले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेर मात्र नपुग्ने भन्दै उनको योगदान र इतिहास भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए । यसका लागि शङ्खधर साख्वाः प्रतिष्ठानलाई थप सुदृढ बनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सूचीकृत गरी वार्षिक बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘नेपाल सरकारले नेपाल सम्वतलाई प्रोत्साहन गर्ने, नेपाली नोटमा यसको अंकन गर्ने तथा यसको संरक्षण र संवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने प्रतिबद्धता जनाउनु स्वागतयोग्य कदम हो,’ सांसद रञ्जितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?