+
+
Shares

चितुवाको छालासहित दुई जना पक्राउ

कैलालीमा चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको धनगढी उपमहानगरपालिका-४ मा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ का ३६ वर्षीय अशोक धामी र टीकापुर नगरपालिका-३ की ४७ वर्षीया सिता देवी चौधरी छन्।
  • उनीहरूको साथबाट एक थान चितुवाको छाला बरामद गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान भइरहेको छ।

२७ कात्तिक, धनगढी । कैलालीमा चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन्।

धनगढी उपहानगरपालिका-४ को नयाँराम होटल नजिकै शंकास्पद रूपमा हिडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ बस्ने ३६ वर्षीय अशोक धामी र कैलाली को टीकापुर नगरपालिका- ३ बस्ने ४७ वर्षीया सिता देवी चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?