+
+
Shares

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो ।

कपिल कोइराला कपिल कोइराला
२०८३ मंसिर १ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा लिइएकामध्ये ३१ पुरुष र ५ महिला छन्, र प्रहरीले केही थान ल्यापटप तथा मोबाइल पनि बरामद गरेको छ।
  • शंकास्पद गतिविधिको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा मारेको प्रहरीले जनाएको छ।

१ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ ।

चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा हानेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो ।

‘छापा मार्ने क्रममा दुईओटा कोठा शंकास्पद देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग थप अनुसन्धानात्मक टोलीहरू बोलाइएका छौं,’ डीएसपी विष्टले भने ।

३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्व अधिकृत सुनिता थापाले गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयको नेतृत्व डीएसपी रविन विष्टले गरेका थिए ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पाँचखालमा मात्र नभई धुलिखेलको देवीथानमा रहेको गन्तव्य रिसोर्ट, पनौतीस्थित थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका रिसोर्टहरूमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?