+
+
Shares

जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १४ जना घाइते

घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस सडकबाट २० मिटर तल खस्दा १४ जना घाइते भएका छन्।
  • जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो आफैं अनियन्त्रित भएर अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।
  • घाइतेहरूलाई शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

१ मंसिर, काभ्रे । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विवरण:

१. चालक जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०८ बस्ने दीपक कुमार दास

२. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०७ बस्ने १७ वर्षीया रानी कुमारी मण्डल

३. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १४ वर्षीय पियुष गोहित

४. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १५ वर्षीय आयुष गोहित

५. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १२ वर्षीया रुबी गोहित

६. जिल्ला ललितपुर भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह

७. प्रियाङ्का साहकी १६ वर्षीया छोरी जेनी साह

८. प्रियाङ्का साहकी ११ वर्षीया छोरी सफलता साह

९. प्रियाङ्का साहकी ३ वर्षीया छोरी ओमी साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?