+
+
Shares

सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा करिब २६ वटा जंगली हात्ती तीन दिनदेखि राति गाउँ पस्दा स्थानीयवासी त्रसित भएका छन्।
  • हात्तीले खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्भावित जोखिमलाई ध्यानमा राखेर इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली परिचालन गरेको छ।

२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।
‎
‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।
‎
‎स्थानीय रबिलाल चौधरीका अनुसार बेलुका हुनासाथ हात्तीको बथान गाउँ पस्ने गरेको छ । हात्तीको डरले गाउँलेहरू रातभर त्रासमा बिताउनुपरेको उनले बताए।
‎
‎त्यस्तै, स्थानीय बहादुर चौधरीले हात्ती गाउँ प्रवेश गर्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताए । हात्तीबाट हुन सक्ने क्षति र आक्रमणको डरले गाउँलेहरू एक ठाउँमा भेला भएर रात काट्ने गरेको उनले जानकारी दिए । हात्ती गाउँ प्रवेश गरेकोबारे प्रहरीलाई खबर गर्दा पनि प्रहरी गाउँमा उपस्थित नभएको उनको गुनासो छ ।
‎
‎यतिबेला धानबाली भित्र्याउने र नगदेबाली लगाउने समय भएकाले हात्तीबाट खेतीबालीमा थप क्षति हुने चिन्ता स्थानीयमा छ। बिहान बाक्लो हुस्सु लाग्ने भएकाले हात्तीको सम्भावित आक्रमणको जोखिमसमेत थप बढेको स्थानीयको भनाइ छ।
‎
‎यसअघि गत आइतबार सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो। लगातार हात्तीको गतिविधि बढ्न थालेपछि श्रीपुरसहित आसपासका गाउँका बासिन्दासमेत त्रासमा छन्।
‎
‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का सम्भावित जोखिमलाई मध्य नजर गर्दै सो क्षेत्रमा इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली परिचालन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?