७ मंसिर, काठमाडौं । तेक्वान्दो आईटीएफ नेपालको आयोजनामा दुई दिने छैटौं एभरेस्ट खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौं युनिभर्सिटी, धूलिखेलमा मंसिर ५ र ६ गते आयोजना भएको प्रतियोगितामा मलेसिया, भारत, नेदरल्यान्ड्स तथा नेपालका खेलाडी र अफिसियल गरी २१६ जनाको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा व्यक्तिगत प्याट्रन विधातर्फ महिला तथा पुरुष गरी १९ विधामा र व्यक्तिगत स्पाईरिङतर्फ महिला र पुरुष गरी विभिन्न उमेर तथा तौल समूहमा ३६ विधा गरी ५५ स्वर्ण, ५५ रजत र ११० कांस्य पदकको लागि प्रतिस्पर्धा भएको थियो ।
जसमा नेपालले ४६ स्वर्ण, ४६ रजत र ७१ काश्य गरी सर्वाधिक पदक जित्यो । मलेसियाले ८ स्वर्ण, ३ रजत र ३ कांस्य तथा भारतले १ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो ।
आईटीएफ तेक्वान्दोका अनुभवी मास्टर लक्ष्मण बस्नेतले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेल व्यवस्थित र अनुशासित रुपमा सम्पन्न भएको थियो ।
नेपालको प्राकृतिक सौन्दर्य यहाँको संस्कृति र सहयोगी भावनाका मानिसहरु भएको हुँदा हरेक वर्ष जस्तो आयोजना हुने यस प्रतियोगिता आफू लगायत आफ़ना खेलाड़ीहरू सहभागिता जनाएको र आगामी प्रतीयोगिताहरूमा पनी उल्लेख खेलाड़ी सहित सहभागिता जनाउने मलेशियाका मास्टर खो बू लियोंग ले बताए ।
प्रतियोगितामा महिलातर्फ मलेशियाकी फुक एन तेंग र पुरुषतर्फ नेपालका प्रफुल घले उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि पूर्व राज्यमन्त्री डा. बिराज बहादुर बिस्ट, विशेष अतिथि शिक्षा तथा खेलकूद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यन्जनकार, तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले विजयी खेलाडीहरूलाई पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतिक्रिया 4