+
+
Shares

११५ डेरी पसल अनुगमन : ५४ मध्ये ९ वटा दूधको नमुना प्रतिकूल

प्रतिवेदन अनुसार ३ वटा गाईको दूध, ३ वटा भैँसीको दूध र ३ वटा मिश्रित दूध गरी कुल ९ वटा नमुना प्रतिकूल पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १३:२०

१३ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहत कार्यालयहरूले गरेको अनुगमन क्रममा परीक्षण गरिएका ५४ नमुनामध्ये ९ वटा दूधका नमुना प्रतिकूल पाइएका छन् ।

विभागले ५ दिनमा कुल १ सय १५ डेरी पसल तथा व्यवसाय अनुगमन तथा निरीक्षण गरेको थियो ।

अनुगमन क्रममा विभाग र मातहत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूबाट दूध तथा दुग्ध पदार्थका गरी कुल १ सय २९ नमुना संकलन गरिएको थियो ।

संकलित नमुनामा ७ वटा खुला गाईको दूध, १३ वटा खुला भैँसीको दूध र ७४ वटा खुला मिश्रित दूध छन् ।

त्यस्तै ३१ दही, ३ पनिर र १ खुवाको नमुना समेत संकलन गरिएको विभागको भनाइ छ ।

संकलित नमुनामा चिल्लो पदार्थ (फ्याट), एसएनएफ र मिसावट सम्बन्धी विश्लेषण गरिएको थियो ।

हालसम्म ५४ वटा नमुनाको विश्लेषण प्रतिवेदन अनुसार ३ वटा गाईको दूध, ३ वटा भैँसीको दूध र ३ वटा मिश्रित दूध गरी कुल ९ वटा नमुना प्रतिकूल पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार परीक्षणका लागि संकलन गरिएका अन्य थप नमुना हाल अनुसन्धानकै क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?