+
+
Shares

सिन्धुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १९:०३

१३ मंसिर, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब १:१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा दिउँसो २:१५ बजे चिकित्सकले चालक भट्टराईलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मृतककी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?