+
+

विकास कार्यक्रमले समयमै स्वीकृति नपाउँदा सरकारी खर्च घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २ गते ११:२४

123२ मंसिर काठमाडौं । नगद प्रवाहमा आधारित सरकारी खर्च घटेको छ । चालू आर्थिक वर्षको असोज महिनासम्ममा सरकारले ५५ अर्ब २४ करोड रुपैयाँ नगद प्रवाहमा आधारित खर्च गरेको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा ३.३ प्रतिशतले कम हो । गत वर्षको यस अवधिमा यस्तो खर्च अघिल्लो वर्षको तुलनामा ७.२ प्रतिशतले बढेर ५७ अर्ब ११ करोड रुपैयाँ गरेको थियो ।

चालू तथा पुँजीगत दुवै खर्चमा कमी आएका कारण कुल सरकारी खर्चमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो असोज मसान्तमा चालू खर्च ३.३ प्रतिशतले घटी ५२ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४५.६ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा पँूजीगत खर्च १६.० प्रतिशतले घटी रु. १ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा पँूजीगत खर्च ४२.३ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू वर्ष विकास कार्यक्रम स्वीकृत हुन केही ढिलाई भएकोले पूँजीगत खर्चमा कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?