राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानका सबै विवादित विषय संविधानसभामा जाने, सार्क शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले यौन दुव्र्यवहार गर्नेलाई तीन महिना कैद सजाय हुने, सार्कका तीन केन्द्र बन्द गर्न सिफारिस गरिएको, गरिबको बजेट सँधै फ्रिज हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले पाँच दिनसम्म विमानस्थल अघोषित बन्द, संविधान निर्माणको गतिरोध हटेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले अनपढको जग्गामा भूमाफियाको रजाइँ, संविधानका विवादित विषय संविधानमा पठाउने निर्णय भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टमा अस्पताल काल बन्यो, भर्याङबाट लडेर वृद्धाको मृत्यु भएको, भीभीआईपीको खाना जाँच्न विज्ञ टोली परिचालन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।