+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भैंसीले अस्पतालभित्रै पसेर बितण्डा मच्चाएपछि … (फोटो कथा)

१४ मंसिर, काठमाडौं । काठमाडौं बुद्धनगरस्थित हृयाम्स अस्पतालमा भैंसी पसेर बितण्डा बच्चाएको छ । साढे २ घण्टामा पनि भैंसीलाई समाउन नसकेपछि प्रहरीले भैसीलाई गोली हानेर मारेको छ ।

अस्पतालका कर्मचारीका अनुसार बिहान करिव साढे १० बजे भैंसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते ७:३४

buffalo inter in hospital (14)

भरतबन्धु थापा

१४ मंसिर, काठमाडौं । राजधानीको बुद्धनगरस्थित हृयाम्स अस्पतालमा भैंसी पसेर बितण्डा मच्चाएको छ । साढे २ घण्टामा पनि भैंसीलाई समाउन नसकेपछि प्रहरीले भैसीलाई गोली हानेर मारेको छ ।

अस्पतालका कर्मचारीका अनुसार बिहान करिव साढे १० बजे भैंसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।

‘मासु खानेहरुले मार्न खोज्दा भैंसी भागेको जस्तो देखिन्छ’ घटनास्थलमा भेटिएका महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी रमेशकुमार तामाङले अनलाइनखबरसँग भने ।

buffalo-inter-in-hospital-(1)

तामाङका अनुसार मार्नका लागि टाउकोमा बञ्चराको पासाले हानेको अवस्थामा भैंसी भागेको जस्तो देखिन्छ ।  भैंसी अस्पतालको कोठा चहार्दै हिँडेपछि बिरामी, कुरुवासँगै आफन्तसमेत भागाभाग भए । त्यही क्रममा भैंसी जेनेरेटर राखिएको कोठामा पुग्यो ।

त्यही मौकामा हत्तपत्त ढोका लगाइदिएपछि भैंसी थुनियो । काठमाडौं महानगरपालिकाको गाडीसहित जनसेवा र जनपथ प्रहरी पुगे पनि भैंसीलाई समाउन सकिएन ।

buffalo inter in hospital (17)दुई घण्टापछि प्रहरीले गोली हान्ने निर्णय गर्‍यो । प्रहरी जेनेरेटर कोठाको जस्ताको छानोमा चढ्यो र एउटा पाता हटाएर गोली हान्यो । दुई गोली लागेपछि भैंसी लड्यो ।

प्रहरीले भैंसीलाई गोली हान्दा अस्पतालका कर्मचारीहरुले छतबाट रमिता हेरेका थिए । मरेको भैंसी प्रहरीसहितको टोलीले गाडीमा हालेर लगेको छ ।

buffalo inter in hospital (2)

buffalo inter in hospital (3)

buffalo inter in hospital (4)

buffalo inter in hospital (5)

buffalo inter in hospital (6)

buffalo inter in hospital (7)

buffalo inter in hospital (8)

buffalo inter in hospital (12)

buffalo inter in hospital (18)

buffalo inter in hospital (19)

buffalo inter in hospital (21)

buffalo inter in hospital (22)

buffalo inter in hospital (23)

buffalo inter in hospital (25)

buffalo inter in hospital (26)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?