+
+

साताभरमा सुनको भाउ ४ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १९ गते ८:४७

१९ पुस, काठमाडौं । यस साता सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । आइतबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार ५१ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

Gold

डलरको उच्च मूल्य कायम रहँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु डलर तथा शेयर बजारमा आकषिर्त भएकाले पनि सुनचाँदीको मूल्य बढ्न नसकेको हो ।

हप्ताको सुरुवातमा डलरको तुलनामा युरो मजबुत हुन जाँदा तथा क्रिसमसको मागले गर्दा सुनचाँदीको भाउ सामान्य चुलिएको थियो । सुनचाँदीको अहिलेको ट्रेन्ड हेर्दा आगामी हप्ता पनि सुनको मूल्यमा सामान्य उतारचढाव रहने देखिन्छ ।

चाँदीको भाउ भने साताभरमा जम्मा ५ रुपैयाँमात्र घटेको छ । आइतबार तोलाको ७ सय रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ६ सय ९५ रुपैयाँमा किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?