+
+

भृकुटी डेभलपमेन्ट बैंकको नाफा १२ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १६:४५

४ माघ काठमाडौं । भृकुटी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा ११ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिकोभन्दा ६५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तमा बैंकले ७ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
५२ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तमा ५ अर्व २० करोड निक्षेप रुपैयाँ निक्षेप संकलन गरी ४ अर्बर् ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पुस मसान्तमा बैंकको पुँजीकोषा १३.५८ प्रतिशत, कूल कर्जामा खराब कर्जाको अशं ०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७५.५० प्रतिशत रहेको छ ।

दश जिल्ला कार्यक्षेत्र रहेको यस बैंकको रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखांची र स्याग्ंजामाा गरी १६ वटाशाखा र ३ वटा एक्सटेन्सन काउन्टर संचालनमा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?