+
+

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १६ गते ८:१०

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा पूर्वाधारबिनै १० हजार प्रहरी थप्ने तयारी, प्रभुले ग्रान्ड बैंक किन्ने, तथा उद्योगबाटै ग्यास नगएका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा पूर्वाधारबिनै १० हजार प्रहरी थप्ने तयारी, घरजग्गामा गति, प्रभु बैंकले ग्रान्ड किन्ने, धोबीखोला सरकारी जग्गामा चलखेल, चेक स्टल हवाईजहाजको नेपाल एजेन्सी नियुक्त, माथिल्लो-मस्र्याङदी-२ सँग पीडीए वार्ता हुँदै लगायतका खबर छन् ।

अभियान दैनिकमा इन्भेष्टमेन्टको नेतृत्वमा नेपाली बैंकको रु २ अर्ब ८० करोड, ग्राण्ड खरीद गर्दै प्रभु बैंक, उद्योगबाटै गएन पर्याप्त ग्यास, एनसेलको आम्दानी ४३ अर्ब, आर्थिक सहयोग तथा लगानी प्रवर्द्धनका लागि नेपाल र चेक गणतन्त्रबीच सम्झौता लगायतका खबर छन् ।

आर्थिक दैनिकमा सर्वसाधारण ठग्ने १७ अपार्टमेन्टविरुद्ध सात सय उजुरी, ओरन्टल होटलद्वारा सर्वसाधारणको १९ हजार कित्ता सेयर जफत, बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियत, ल्यापटप चोरी भएपछि क्यान मेलामा बबाल, नेपालमा ‘औद्योगिक क्षेत्र र सूचना प्रविधि पार्क बनाउने’ चीनको प्रस्ताव लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाल विकास बैंकका सेयरधनीले लगानी फिर्ता पाउने, नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौता, प्रभुले ग्रान्ड खरिद गर्ने, अमेरिका लैजाने भन्दै गिरोह सक्रिय, चेक उद्यमी नेपालमा लगानी गर्न इच्छुक, दैनिक ग्यास विक्री सार्वजनिक गर्न संसदीय उपसमितिको निर्देशन लगायतका खबर छन् ।

नागरिक दैनिकमा प्रभुले ग्रान्ड किन्ने, भेरी-बबईमा कोभेक, नेपाल-बंगलादेश दोहोरो करबारे सहमति, सरकारले बायोमेट्रिक रोक्यो, मुख्य गन्तब्य जाने कामदार घटे, काबेली-१ मा वित्तीय स्रोत जुट्यो लगायतका खबर छन् ।

1aviyan

2karobar

3-arthik

4annpurna

5nagarik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?