+
+

चार करोड लागतमा सिँचाइ आयोजना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १०:४२

२१ माघ, इलाम । सिँचाइ सुविधाबाट वञ्चित चमैताका किसानलाई सुविधा पुर्‍याउने उद्देश्यले देउमाई खोलाबाट बृहत् सिँचाइ आयोजना सुरु भएको छ ।

चमैता ३, ४, ५ र ६ का करिब एक हजारभन्दा बढी किसानलाई लक्षित गरेर मुदाले-देउमाई-कोप्ची सीमखोला सिँचाइ आयोजना सुरु भएको हो ।

सिँचाइ डिभिजन कार्यालय झापाको रु तीन करोड ९७ लाखको लागतमा पक्की कुलो निर्माण थालिएको उपभोक्ता समितिका सचिव अर्जुन बस्नेतले बताए ।
करिब छ किलोमिटर लामो कुलो हुने यस आयोजनाले करिब दुई हजार ४०० रोपनी खेतीयोग्य जमिन सिञ्चित हुने उपभोक्ता समितिले जनाएको छ ।

आयोजना डिभिजन कार्यालयका प्रमुखलगायतको टोलीले अनुगमन समेत गरेको छ । कुलो निर्माण भएपछि यस क्षेत्रका किसान लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष थीरबहादुर राईले जानकारी दिए ।

सिँचाइ सुविधा नपुग्दा यहाँको खेतीयोग्य जमिन बाँझै रहेका थिए । किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?