+
+

भारतीय अभिनेत्री इशा देवल लुम्बिनीमा, अझै दश दिन बस्ने

भैरहवा । चर्चित भारतीय अभिनेत्री इशा देवल लुम्बिनी आएकी छिन् । भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’ को सुटिङ्गको लागि उनी लुम्बिनी आएकी हुन् ।

भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सिमा नाका बेलहियाबाट रोडिज टोली बुधबार साँझ लुम्बिनी आएको हो । अयोध्यामा सुटिङ्ग सकेर थप सुटिङका लागि टोली लुम्बिनी आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते ९:२८

सलमान खान

Esha-Deol
भैरहवा । चर्चित भारतीय अभिनेत्री इशा देवल लुम्बिनी आएकी छिन् । भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’ को सुटिङ्गको लागि उनी लुम्बिनी आएकी हुन् ।

भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सिमा नाका बेलहियाबाट रोडिज टोली बुधबार साँझ लुम्बिनी आएको हो । अयोध्यामा सुटिङ्ग सकेर थप सुटिङका लागि टोली लुम्बिनी आएको हो ।

उनका साथै बक्सिङ्ग खेलमा भारतका ओल्मपिक पदक विजेता समेत रहेका विजेन्द्र सिंह लगायत रोडिज सो को पुरै टीम लुम्बिनी आएको छ । सन् २०१४ मा रिलिज भएको भारतीय हिन्दी कथानक चलचित्र ‘फगली’ मा सिंहले मुख्य भुमिका निर्वाह गरेका थिए ।

दश दिनसम्म लुम्बिनीमा गर्ने सो सुटिङ्गको लागि भारतीय अभिनेत्री इशा देवलसहित रोडिज एक्स टु टोली लुम्बिनीको बुद्धमाया होटलमा बसेको छ ।

नेपाल छिर्ने सीमा नाकामा सेल्फी खिच्दै इसा देवलले ट्वीटरमा अपलोड गरेकी छिन् । तर, उनले आफ्नो भ्रमणबारे केही बताएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?