Comments Add Comment

यू-२३ एएफसी क्वालिफायरमा नेपालको खराव सुरुवात

९ चैत, काठमाडौं । यू-२३ एएफसी क्वालिफायरमा नेपालले खराव सुरुवात गरेको छ ।

तेहरानमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक इरानसँग ५-० को हार व्यहोरेको छ । नेपालले विमल घर्तीमगरलाई बञ्चमा राखिएको थियो ।

डिफेन्सिभ खोलेको नेपालले एक जना मात्र स्ट्राइकरलाई मैदानमा उतारेको थियो । तर, १५ औं मिनेटमा नै गोल खायो । २७ औं मिनेटमा गौरभ मगरले फल गरेपछि पाएको पेनाल्टीमा इरानले गोल गर्‍यो ।

५३ औंर ६७ औं मिनेटमा गोल गरेको इरानले खेल सकिन तीन मिनेट बाँकी छँदा अर्को गोल खायो र पहिलो खेलमा नै ५-० ले पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment