Comments Add Comment

इटलीका फुटबल प्रशिक्षकलाई मार्ने धक्की

Antonio conte

१५ चैत, काठमाडौं । इटलीका फुटबल प्रशिक्षक एन्टोनियो कोन्टेलाई ज्यान मार्ने धम्की आएको छ ।

बुल्गेरियासँगको खेलका क्रमा युभेन्टसका मिडफिल्डर क्लाउडिओ मर्चिसिओ घाइते भएपछि इटलीका प्रशिक्षकमा धम्की आएको इटालियन फुटबल महासंद्धघका अध्यक्षले बताए ।

युरो कप छनोटमा इटलीले बुल्गेरियासँग २–२ को बराबरी खेलेको थियो । खेलअघि अभ्यासका क्रममा २९ वर्षीय मिडफिल्डर मर्चिसिओ घाइते भए ।

इटली फुटबलका अध्यक्षले इटालियन रेडियोलाई बताए अनुसार एन्टोनियो कोन्टेलाई इन्टरेनेटमा मार्ने धक्की आएको छ । उनले भने–‘मैले लामो समयपछि आज विहान कोन्टेलाई भेटेको थिएँ । तर, उनी शान्त थिएनन् ।’

युभेन्टसका पूर्व खेलाडी एवं प्रशिक्षक समेत रहेका कोन्टेले अभ्यासका क्रममा मर्चिसिओ घाइते भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment