राजधानीबाट सोमवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले कृषिमा लगानी बढाउन जिनी क्षेत्रमैत्री रणनीतिमा जोड, मेडिकल कलेजमा सेटिङ मिलाउन मात्रै २ अर्ब लगायतका प्रमुख खबर छापेका छन् ।
कारोबार दैनिकमा विद्यार्थीले मात्रै मेडिकल कलेजलाई वाषिर्क साढे ७ अर्ब बुझाउँछन्, राजनीतिक दबाबमा छुटे टेण्डी शेर्पा, वैशाखदेखि उपत्यकामा प्लाष्टिक प्रतिबन्ध, निगमको दोस्रो विमान वैशाख १५ भित्र, ६ करोडको लागतमा अक्सिजन उद्योग, नुनदेखि सुनसम्म मिसावट लगायतका खबर छन् ।
अभियान दैनिकमा ठूला होटल ठमेल वरपर केन्द्रित, थप क्षतिपूर्ति माग्दै विभागमा उजुरी, गृहकार्यबिना आर्थिक वर्ष परिवर्तनको निर्देशन, कोहलपुरमा पहिलो चार तारे होटल लगायतका खबर छन् ।
नागरिक दैनिकमा सरकारी मूल्यांकनमा राजश्व तिर्ने बढे, सञ्चयकर्ताले मागे १० गुणा बढी, आयोजनामा फेरि अवरोध, पशु चिकित्सक आन्दोलनमा, रोल्पानी गाउँ पस्दै वित्तीय संस्था, प्रविधि सम्मेलन हुँदै लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा कृषिमा लगानी बढाउन निजी क्षेत्रमैत्री रणनीतिमा जोड, पशु चिकित्सकलाई आन्दोलन फिर्ता लिन आग्रह, सरकारले बैंक चलाउन सक्दैनः गभर्नर, ३६ वर्ष पूरा भयो कन्काई सिँचाइ, उखुको मूल्य घटाएको भन्दै विरोध, सार्वजनिक वित्त ब्यवस्थापनमा दक्ष जनशक्ति अभाव लगायतका खबर छन् ।
आर्थिक दैनिकमा होटल उडल्याण्ड र सिभिल मल सुन तस्करीको अखडा, अन्नपूर्ण होटलको सम्पत्ति लिलाम गराएर बैंकलाई जिम्मा लगाउने प्रयास, ३० उद्योग र युनिक स्वीट्समाथि मुद्दा, जहाजको ककपिटमा दुई जना चालक अनिवार्य, नागरिकताविहीनको संख्या ६७ लाख लगायतका खबर छन् ।