Comments Add Comment

बुधबारदेखि भक्तपुर फाइनान्सको साढे सात करोडको अाइिपअो

९ वैशाख, काठमाडौं । भक्तपुर फाइनान्सले बुधबारदेखि साधारण सेयर  (अाइपिअो) निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका सात लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन गरेको हो ।
कम्पनीको सेयरका लागि न्युनतम ५० र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने सेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
 १२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयर जारी भएपछि पुँजी २० करोड रुपैयाँ पुग्नेछ । चालु बर्षको पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ४.२१ रुपैयाँ छ । चालु बर्ष यसको प्रति सेयर आम्दानी ६.१६ रुपैयाँ पुग्ने कम्पनी प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment