Comments Add Comment

भूकम्प पीडितलार्इ घर बनाउन १० वर्षका लागि २ प्रतिशत ब्याजमै ऋण !

NRB-Photo७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्पले घरबार गुमाएकाहरूलार्इ घर बनाउनका २ प्रतिशत व्याजदरमा १० वर्षसम्म ऋणा उपलब्ध गराउने व्यवस्था गर्न लागेको छ । बुधबार सार्वजानिक गरिएको सहुलियत ऋणसम्बन्धी कार्यविधिको मस्यौदामा शून्य व्याजदरमा बैंकहरूलार्इ बढीमा १० वर्षसम्म पुनर्कर्जा उपलब्ध गराउने प्रस्ताव छ ।

यस्तो कर्जामा कुनै पनि प्रकारको शुल्न लिन नपाइने मस्यौदामा  उल्लेख छ । काठमाडौं उपत्यकाभित्रका घरपरिवारलाई २५ लाख र उपत्यका वाहिरका लागि १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराइनेछ बिनासकारी भूकम्पपछि राष्ट्र बैंकको सञ्चालक समितिले घोषणा गरेको थियो ।

सर्वसाधारण र सरोकारवालाहरुको प्रतिकृया लिएर अन्तिम कार्यविधि केही साताभित्र सार्वजनिक गर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । जसको घर बस्न योग्य छैन, त्यस्ता पीडितले मात्रै सहुलियत दरको कर्जा लिनसक्ने छन ।

nrb-curculerन्युनतम पाँच बर्ष र अधिकतम १० बर्षसम्मका लागि लिन पाइने यस्तो कर्जा तोकिएको अवधिभन्दा अगावै भुक्तानी गरेमा कुनै पनि अग्रिम शुल्क लाग्दैन ।

आवासीय घर पुननिर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार चरणमा ऋणीलाई भुक्तानी हुने गरी प्रवाह गर्नुपर्छ । राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना गरेर मात्र ऋणीले घर निर्माण गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले यस्तो पुनर्कर्जा कुल प्राथमिक पुँजीको ८० प्रतिशतसम्म पाउने छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment