+
+
WC Series
पोखरा एभेन्जर्स 2025
66/4 (9.5)
VS
६१ बलमा १०० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

९ हजारको खाना खाएर २ लाख ‘टिप्स’

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १५ गते १०:०५

billरेष्टुरेन्टमा खानपिन गरेपनि उठेको बिलमा केही थपथाप गरेर वेटरलाई टिप्स दिनु स्वभाविकै हो । तर यदि कसैले उठेको बिलभन्दा २२ गुणा बढि टिप्स दिन्छ भने त्यो आठौँ आश्चर्य नभएर के होला ? अमेरिकामा भएको छ यस्तै । अमेरिकाको वासिंटनका एक मनकारी मानिसले यो हप्ता एउटा रेष्टुरेन्टका कर्मचारीलाई झण्डै मुर्छा पर्ने बनाइदिए ।

उनले सोमबार बेलुकी साथीसँगै गएर ब्लु ४४ रेष्टुरेन्टमा बियर तथा गुम्बो भन्ने परिकार खाए । त्यसको बिल उठ्यो ९३ डलर, अर्थात् झण्डै साढे ९ हजार रुपैयाँ । तर उनले वेटरले ल्याएको बिलको झण्डै २२ गुणा रकम छाडे, बिलबुकमा । ९३ डलरको बिल तिर्नुपर्नेमा ती पुरुषले २ हजार डलर अर्थात् झण्डै २ लाख रुपैयाँ टिप्स दिएका हुन् ।

रेष्टुरेन्टका प्रोप्राइटर क्रिस नार्देलीका अनुसार गुम्बो निकै मन पार्ने ती मानिसले बिलमा लेखेका थिए -‘तपाइँको गुम्बोका लागि धन्यवाद’। उनले ९३ डलरको बिलमा २ हजार डलर टिप्स दिएको थाहा पाउँदा सबै कर्मचारी आश्चर्यचकित भएको र ग्राहकको सन्तुष्टि देखेर मख्ख परेको बताए ।

आफ्नो नाम नखुलाएका ती ग्राहकले त्यो टिप्स कसलाई दिने भन्ने बारेमा पनि खुलाएका रहेछन् । आफुले दिएको २ हजार डलर मध्ये १ हजार डलर भान्छे जेम्स टर्नरलाई र अरु ५-५ सय डलर प्रोप्राइटर नर्देली र वेट्रेस लाउरलाई ड्यालीलाई दिन उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?