+
+

नयाँ गडबडी नभए आजै संविधानमा सहमति

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते १०:२१

२५ जेठ, काठमाडौं । कुनै नयाँ गडबडी भएन भने प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा आजै लिखित सहमति हुनेछ ।
कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाबीच निर्णायक मानिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

विवादहरु साँघुरिएको र दलहरुबीच अनौपचारिक धेरै विषयमा सहमति भइसकेकाले आजको बैठकले संविधान निर्माणमा सहमति जुटाउने सम्भावना रहेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए ।

यसअघि एमालेले नामांकन प्रदेशसभाले र सिमांकन विज्ञहरुको आयोगले गर्ने गरि ८ प्रदेशमा पनि जान सकिने निर्णय गरेको थियो । कांग्रेस र एमालेबीच आइतवार साँझ सोही सहमति भएको छ ।

अब दलहरुबीच सिमांकनको विषयमा छलफल चल्दैछ । एमाओवादी र मधेशी मोर्चाले सिमाना अहिलेनै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । तर कांग्रेस एमालेले विज्ञहरुको आयोगबाट टुंगो लगाउदा राम्रो हुने बताइरहेका छन् ।

निर्वाचन प्रणालीमा प्रत्यक्ष निर्वाचित ६० प्रतिशत र समानुपातिकबाट ४० प्रतिशत हुने व्यवस्था गर्ने र समानुपातिकमा कुल मतको ५ प्रतिशत मत ल्याउने दलले मात्र सभासद पाउने कुरा नयाँ संविधानमा उल्लेख हुन लागेको छ ।

तर यसमा मधेशवादी र साना दलले अशन्तुष्टि जनाएका छन् । यति ५ प्रतिशतको थ्रेसहोल्ड राखियो भने अहिलेका एक दुई सिटवाला साना दलको अस्थित्व समाप्त हुनेछ ।

शासकीय स्वरुपमा संसदीय प्रधानमन्त्री र सेरेमोनियल राष्ट्रपति हुनेछ । त्यसमा एमाओवादीले लिखित असहमति राखेर जाने भएको छ । यदि दलहरुबीच सहमति भयो भने छोटो प्रक्रियाबाट एक महिनाभित्रै संविधान जारी हुनेछ ।

नयाँ संविधान जारी भएपछि राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरि भूकम्पपछिको मुलुक पुनर्निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता दलहरुले जनता समक्ष गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?