यूएई । वैदेशिक रोजगारीकोक्रममा यूएइमा रहेकी कल्पना खड्काले आफ्नै प्रयासमा जुटाएको ५१ हजार रुपैयाँ एनआरएन दुबई क्षेत्रीय समितिलाई बुझाएकी छन् ।
गैरआवासीय नेपाली संघ यूएईको दुबई क्षेत्रीय समितिले एक औपचारिक कार्यक्रम गरी कल्पना खड्काबाट रुपयाँ ५१ हजार सहयोग बुझिएको क्षेत्रीय समितिका अध्यक्ष दामोदर दाहालले बताए ।
उक्त सहयोग रकम एनआरएनएको सानिमा बैंकमा रहेको दैबी प्रकोप खातामा जम्मा गरेको पनि दाहालले जानकारी दिए ।
सोही सहयोग हस्तान्तरण कार्यकममा दुबई क्षेत्रीय समितिमा सक्रिय सदस्य पर्बतबिक्रम थापालाई सम्मानसहित बिदाई पनि गरिएको थियो ।