Comments Add Comment

अफेयरलाई भिडियो गेम मान्छिन् आलिया

alia-sidharth

मुम्बई । सिद्धार्थ मल्होत्रा र आलिया भट्टबीच अफेयरको हल्लाले अहिले भारतीय मिडिया रंगीएको छ । यद्यपी आलियाका लागि लभ अफेयर कुनै नयाँ समाचार होइन ।

‘स्टुडेण्ट अफ द इयर’ मा काम गर्दा उनको नाम वरुण धवनसंग जोडिएको थियो । ‘हम्टी शर्माकी दुल्हनीया’ मा काम गर्दासम्म बरुणसंग लसपस गरेकी आलिया त्यसपछि अर्जुन कपुरसंग नजिकिएकी थिईन् । अर्जुन र आलियाले ‘२ स्टेट्स’ मा जोडी बनेर अभिनय गरेका थिए । ‘कपुर एण्ड सन्स’ मा सिद्धार्थ र आलियाले काम सुरु गरे लगत्तै उनीहरुको अफेयरको हल्ला चल्न थाल्यो ।

नयाँ फिल्ममा अभिनय गर्ने क्रममा नयाँ तन्नेरी भेट्ने बित्तिकै आलियाको चक्कर सुरु भैहाल्छ । तर, आलिया यी सब केबल मिडियाले चलाएको अनावश्यक हल्ला भएको बताउछिन् । उनी भन्छिन्, ‘कुनै पनि पुरुषसंग भेट हुने बित्तिकै आलियाको अफेयर सुरु भयो भनेर लेखिहाल्छन् । मलाई त यो सब पचिसक्यो ।’ अफेयरको बारेमा लेख्ने मिडिया बिरुद्ध उनले गुनासो भने गरिनन् ।

‘मेरा लागि अफेयरको हल्ला हल्ला वालवालिकाले खेल्ने भिडियो गेम’ जस्तै हो । त्यसकारण म गुनासो गर्दिन ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment