+
+

गाली गर्दा छोराछोरी गुम्ने खतरा, भूकम्पपछि आत्महत्या बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २१ गते ६:३३

२१ असार, काठमाडौं । उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरण छ ।
susite1प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना तथा जेठमा ३१ जनाले आत्महत्या गरेको नयाँ पत्रिकामा खबर छ ।

गाली गर्दा छोराछोरी गुम्ने खतरा

छोराछोरीलाई सँधै गाली गर्ने अभिभावकको बानीले छोराछोरी गुम्ने खतरा रहेको प्रहरीको अध्ययनले जनाएको छ । प्रहरीका अनुसार वैशाख र जेठमा उपत्यकामा आत्महत्या गर्ने ६७ मध्ये पाँचजनाले अभिभावककै गालीका कारण आत्महत्या गरेका छन् ।

किशोर अवस्थामा छोराछोरीलाई गाली गर्दा उनीहरुले आत्महत्या गर्ने प्रवृत्ति देखिएको प्रहरी अनुसन्धानमा उल्लेख छ । अभिभावकले राम्रो उद्देश्यले गाली गरे पनि छोराछोरीमा त्यसकै आवेगमा आत्महत्या गर्ने मनोविज्ञान देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?