+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

प्रचण्ड सुझाव संकलन कार्यक्रममा ढुंगामुढा

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ४ गते १९:४३

Prachanda

४ साउन, काठमाडौं । संविधानको नयाँ मस्यौदामा जनमत संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र सिरहा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा ढुंगामुढा भएको छ ।

भारतको साताब्यापी भ्रमण सकेर सोमबार काठमाडौं आए लगतै एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो चुनाव क्षेत्र सिराहा ५ पुगेका थिए । उनी हेलिकोप्टरबाट सिराहा पुगेका थिए ।

सुझाव संकलन गर्न प्रचण्ड आउने थाहा पाएपछि संघीय समाजवादी फोरमले सभासद वीरेन्द्र महतोको संयोजकत्वमा कमिटी नै गठन गरेको थियो ।

प्रचण्ड मिर्चैयास्थित मोहन उच्च माविको मञ्चमा पुगे लगतै बाहिर रहेका प्रदर्शनकारीले कालोझण्डा देखाउनुका साथै कार्यक्रम स्थलमा ढुंगामुढा गरे ।

आन्दोलनकारीले कार्यक्रम नै विथोल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रमममा डीएसपी माधव बुढाथोकीसहित सात प्रहरी पनि घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?