Comments Add Comment

मैले एमाओवादी छाडेको छैन : भट्ट

९ साउन, कैलाली । एमाओवादी नेता लेखराज भट्टले आफूले पार्टी नछाडेको स्पष्टिकरण दिएका छन् ।

lekhraj-bhattaशनिबार अत्तरियामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टले पार्टी नेतृत्वसँग आफूले विभिन्न बिषयमा लिखित र मौखिक रुपमै फरक मत राखेको भएपनि पार्टी नछोडेको बताए ।

पार्टीलाई फुटाउन खोज्नेहरुले पार्टीभित्र र बाहिरबाट सुनियोजित ढंगले  गलत हल्ला चलाएको उनको दाबी थियो ।

पार्टी नेतृत्व ट्रयाकभन्दा बाहिर गइरहेको भन्दै नेता भट्टले पार्टीलाई सहि ट्रयाकमा ल्याउन नै आफुहरुले फरक मत राखेर नै अगाडि बढेको जिकिर गरे ।

भट्टले अहिले दलहरुले प्रदेशको नाम र सीमांकन थाति राखेर संविधान जरी गर्न लागेको भन्दै यसले कालान्तरमा समस्या निम्त्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment