बलिउडका नायक-नायिका मध्ये कतिपयको रियल लाईफ रिलको जस्तै छ । अधिंकाशले सहकर्मी कलाकारसँग बिबाह गरेका छन् । उनीहरुको भोगाई अनुसार प्रेम प्रस्ताब पनि चलचित्रको शैलीमै आएको थियो ।
कतीले सुटिङ हुँदा हुँदै प्रस्ताव राखे त कतीले सुटिङ सकेर फर्किने क्रममा बाटैमा ‘म तिमीलाई मन पराउछु’ भनेका छन् । प्रेमपछि बिबाहमा परिणत भएका जोडीहरुको वारेमा ‘टाइम्स अफ इण्डिया’ले एउटा सुची तयार पारेको छ । हेरौ उनीहरु को-को रहेछन् :
१. शाहरुख खान-गौरी : शाहरुख खान र गौरीको जोडी अहिले पनि आदर्श जोडीको रुपमा चिनिन्छन् । जतिवेला शाहरुख डान्सर थिए त्यही बेला उनको भेट गौरीसँग भएको थियो । लामो समय प्रेम गरेपछि मुम्बईको समुन्द्री किनार घुम्ने क्रममा शाहरुखले गौरीलाई प्रेम प्रस्ताब राखेका थिए । तीन सन्तानका बाबु आमा गौरी र शाहरुखको सम्बन्ध अहिले पनि राम्रो छ ।
२. अजय देबगण-काजोल : हिन्दी चलचित्र ‘हलचल’ मा काम गर्ने क्रममा अजय र काजोल नजिकिएका थिए । उनीहरुको सम्बन्धवारे जानकार निर्देशक अनिश बज्मीले एक अर्कालाई नजिक ल्याउन भूमिका खेलेको बलिउडकर्मीको भनाई छ ।
३. ऐश्वर्या राय-अभिषेक बच्चन : अभिषेक बच्चन र ऐश्वर्या रायको पनि अहिलेसम्म सम्बन्ध निकै राम्रो छ । मणीरत्नम निर्देशित चलचित्र ‘गुरु’ को न्युयोर्कमा सुटिङ हुँदा उनिहरु नजिकिएका थिए । भनिन्छ, गुरुमा रिलभित्र श्रीमान् श्रीमती बनेका अभिषेक-ऐश्वर्यालाई वास्तबिक श्रीमान् श्रीमति बन्न पनि तिनै दृष्यले सघाएको थियो । सुटिङ सकेर फर्किने क्रममा अभिषेकले एयरपोर्टमा ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए । ऐश्वर्याले तत्कालै सहमती जनाएकी थिईन् ।
४. ऋतिक रोशन- सुजन खान : बलिउडकै महंगो सम्बन्ध बिच्छेद मानिन्छ ऋतिक र सुजनको । तर, प्रेम गर्दा उनीहरुको पनि परेवा जोडी थियो । प्रारम्भमा प्रेम गर्दा ऋतिकले अरुले थाह नपाउन भन्नका लागि कफीको कपमा औंठी राखेर पठाउँथे । केही समय यहीक्रम चलेपछि उनीहरुको बिबाह भएको थियो ।
५. अरवाज खान-मलाईका अरोरा : अरवाज खान चलचित्र निर्माता हुन् भने मलाइका कुशल आईटम डान्सर । उनीहरुको बिबाह भएको १० वर्ष पूरा भयो भने एक सन्तान पनि छन् । आफूहरुको जोडी निकै रोमान्टिक भएको मलाईकाको भनाई छ । मलाईका अहिले पनि आईटम डान्समा सक्रिय छिन् ।
६. आमिर खान-किरण राव : जेठी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेपछि तनाबमा रहेका आमिर खानको ‘लगान’को सुटिङ गर्ने क्रममा किरण रावसँग भेट भएको थियो । किरण ‘लगान’को सहायक निर्देशक थिईन् । उनको निर्देशनवाट प्रभावित आमिरले पनि सुटिङ स्पटमै प्रेम प्रस्ताव राखेका थिए ।
७. ईमरान हासमी-परवीन : किसिङ स्टारको छवि बनाएका ईमरान हासमीको प्रेम प्रस्ताव शैली पनि चलचित्रको पाराकै छ । इमरानले परवीनलाई पहिल्यैदेखी आँखा लगाउदै आएका थिए । भ्यालेन्टाईन डेको दिन प्रेम प्रस्ताव राखेका थिए ईमरानले । परवीनले तत्कालै प्रस्ताव स्वीकार गरेकी थिईन् ।
८. राज कुन्द्रा-शिल्पा शेठ्ठी : शिल्पा शेठ्ठीलाई पनि चलचित्रको शैलिमा राज कुन्दाले प्रेम प्रस्ताव राखेका थिए । पहिल्यैदेखी राजसँग नजिकिएकी शिल्पालाई उनको प्रस्ताब नै काफी थियो ।