निर्देशकः निशिकान्त कामत
कलाकारः अजय देवगण, तब्बु
पुरानो चलचित्र ‘दृश्यम’ को रिमेक गरेर बनाइएको नयाँ दृश्यम अहिले सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । मुल दृश्यम सन २०१३ मा बनेको थियो । यसका निर्देशक थिए जीतु जोसफ । फिल्म निकै सफल भएको थियो । कमल हसनले तमिल रिमेकमा नायकको भूमिका निर्वाह गरेका थिए । हिन्दी रिमेकमा नायकको भूमिका निर्वाह गरेका छन् अजय देबगणले ।
कथा यस्तो छ
एउटा लफंगा युवक स्कुलले आयोजना गरेको एक कार्यक्रममा सहभागी किशोरीको नग्न भिडियो खिच्छ । अनि त्यहि भिडियो देखाएर किशोरीसँग ब्ल्याकमेलिङ गर्न लाग्छ । तर, उसको योजना सफल हुँदैन । त्यहि भिडियोको कारण उसको मृत्यु हुन्छ ।
पीडित युवतिले आफ्नी आमालाई लफंगाले भिडियो खिचेको र ब्ल्याकमेलिङ गरेको सबै कुरा सहजै भनिदिन्छे । जबकि यी प्रसंग सुहाउँदो लाग्दैन । किनकी सबै छोरीहरुले त्यसरी त्यस्ता कुरा आमालई भन्न सक्दैनन् ।
नाङ्गो भिडियो खिचेर छोरीलाई ब्ल्याकमेलिङ गर्ने केटालाई आमा छोरी मिलेर मारिदिन्छन् । त्यतीबेलासम्म किशोरीको बाबुलाई केही थाह हुँदैन ।
जब युबकको मृत्यु हुन्छ । अनि मात्रै युवतिको बुबा (अजय देबगण) लाई थाह हुन्छ । उनीहरुले कुनै प्रमाण फेला नपरोस् भनेर युवकको सब गायक पार्छन् ।
अर्को हाँसो उठ्दो कुरा त्यसरि मर्ने ब्यक्ति प्रहरी अफिसर तब्बुको एक्लो छोरा हुन्छ । आफ्नो छोरा हराएको त्यतिका दिन बित्दा पनि आमाले वास्तै नगरी बसे झैं देखिन्छ । संसारमा त्यस्ता आमा कमै हुन्छन् भन्नेमा निर्देशक जानकारी हुन जरुरी छ ।
चुस्त अभिनय
चलचित्रमा नायकको चरित्र एक सामान्य नागरिकको भन्दा फरक छैन । उसले चार कक्षा भन्दा बढी पढेको छैन । तर, उसको आत्मविश्वास गज्जब छ । उसको चरित्र हेर्दा कतैवाट पनि बलिउड स्टार जस्तो लाग्दैन ।
चलचित्रमा अजय देबगणलाई उसले निर्वाह गरेको चरित्रले थिचेको छ । त्यसकारण पनि दर्शकलाई फिल्म मन परेको हो । तब्बुको अभिनय उस्तै दमदार छ । केही वर्षपछि आएकी तब्बुले दर्शकलाई खुस बनाएर पठाएकी छिन् ।
निर्देशक निशिकान्त कामतले दर्शकलाई ध्यानमा राखेर फिल्म बनाएका छन् । उनले सन २००५ मा ‘डोबीवली फास्ट’वाट निर्देशन सुरुवात गरेका थिए । उक्त फिल्ममा ‘एङ्ग्री योङ म्यान’ को वास्तवीक परिभाषा दिने कोशिश गरेका थिए उनले । मुम्बई मेरी जान, सिन्स फोर्स जस्ता फिल्म पनि बनाएका थिए । ती फिल्म हेरेर उनका दर्शक सन्तुष्ट भएका थिए ।
समग्रमा दृश्यम सामान्य तर, रोचक फिल्म हो । फिल्म सुरु हुँदा लै कौतुहलता जाग्छ हत्या कसले गरेको हो ?