+
+

थारुलाई सम्बोधन नगरे संविधानसभा छाड्ने गच्छदारको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १६:४२

९ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् ।

Bijay-Gachhadarसंविधानको विधेयकमाथि संविधानसभामा बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै गच्छदारले सात प्रदेशले समाधान नदिने बताए । यो निश्चित सिद्धान्त र मान्यताबाट नआएको भन्दै उनले भने-‘तीन दलका नेताले दुरदर्शी सोच बनाउन सक्नु भएन ।’

आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने उनले बताए । ‘पहाडको जिल्लाहरु पनि हाम्रो शरीरको अंग हो । सात प्रदेशले पहाडलाई सम्बोधन गरेको छ’ उनले भने-तर, मधेसी समुदायको आवाजलाई सम्बोधन गर्न सकेन । थारुहरुले उठाएको मागलाई सम्बोधन गर्न सकेन ।’

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मस्यौदा समितिले ल्याएको संविधानको विधेयक परिर्माजनसहित मात्र पास गर्नु पर्ने बताए । उनले भने, म अन्तिम समयसम्म प्रक्रिया छु । तर, आदिवासी जनजाति, थारु र मधेसीको चित्तबुझ्दो भएन भने मेरो पार्टी र म यो प्रक्रियाबाट बाहिर जान्छु ।’

गच्छदारले कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो नमान्ने बताए । तर अहिले थारुहरुको घर जलाइएको भन्दै उनले भने-यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्छ । तर, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?