+
+

टीकापुर घटनामा संलग्न रहेको आरोपमा फोरम लोकतान्त्रिकका नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १४:१७

Tikapir-jhadap

९ साउन, काठमाडौं । कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।

प्रहरीले फोरम लोकतान्त्रिकका नेता ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो । उनीफोरम लोकतान्त्रिकका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हुन् ।

यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

थारु समुदायको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एपएसपी लक्ष्मण न्यैपानेसहित सात सुरक्षाकर्मी र दुई वर्षे बालकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?