+
+

थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु

१० भदौ, दाङ । दुई हप्तादेखि आमहडताल गर्दै आएको थारुहरुको जातिय संगठनले सडकमा उत्रिन खतरा भएपछि सरकारी निकायमा थरुहट स्वायक्त प्रदेश लेख्ने अभियान सुरु गरेको छ ।

थारुहरुको बाहुल क्षेत्रमा लगातार बन्द गर्दै आएको थारुहरुको जातिय संगठनहरुले स्थानीय निकायमा थरुहट राज्य लेख्न थालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते ८:५९

निमुसंगम घर्ती
१० भदौ, दाङ । दुई हप्तादेखि आमहडताल गर्दै आएको थारुहरुको जातिय संगठनले सडकमा उत्रिन खतरा भएपछि सरकारी निकायमा थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु गरेको छ ।
tharu
थारुहरुको बाहुल क्षेत्रमा लगातार बन्द गर्दै आएको थारुहरुको जातिय संगठनहरुले स्थानीय निकायमा थरुहट राज्य लेख्न थालेका हुन् ।

१६ दिनदेखि दाङसहित तराईका थारु बाहुल क्षेत्रमा बन्द हडताल गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बन्दसँगै गाबिस तथा नगरपालीकामा ‘थरुहट स्वायत्त राज्य परिषद’ नामाकरण गर्ने अभियान सुरु गरेका हुन् ।

कैलालीमा थरुहट पक्षधर र प्रहरीबीच भिडन्त भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेर सुरक्षा सतर्कता बढाएपछि बन्दकर्ताहरु सडकमा देखिन छोडेका छन् ।

थारुहरुको बाहुल क्षेत्र मानिने दाङमा पनि दंगाग्रस्त जिल्ला घोषणा गरेपछि बन्द यथावत रहेको समितिले बताए पनि बजार खुलेका छन भने गाडीहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन् ।

संघर्ष समितिका कार्याकर्ताले देउखुरीको गंगापरस्पुर गाविस कार्यालय र लमही नगरपालीकाको वडा कार्यालय सोनपुरमा ‘थरुहट स्वायत्त राज्य परिषद’ नामाकरण गरेका छन् । अन्य निकायहरुमा पनि लेख्ने अभियान जारी राखिने उनिहरुले बताएका छन् ।

पूर्व चितवनदेखि पश्चिममा कैलाली कञ्चनपुर सम्मको भुभागलाई थरुहट स्वायक्त संघिय राज्य बनाईनुपर्ने माग राख्दै थारुहरु आन्दोलनमा छन् । दंगाग्रस्त जिल्ला घोषणा सँगै प्रहरीले सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको छ ।

हुलहुज्जत हुदा अराजक तत्वको घुसपैठ हुन सक्ने भएकाले जिल्ला सुरक्षा समितिले २२ गते सम्म कुनै प्रकारका भेला, जुलुस, सभा, बैठक वा प्रर्दशन, पोस्टर, पर्चाजस्ता प्रचार सामग्री लेख्न वा टाँस्न निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?